पहिरोले पृथ्वी राजमार्गस्थित डुम्रे–याम्पा सडक अवरुद्ध

तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे–याम्पा खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पामा आइतबार मध्याह्न १२ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकमा खसेको पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध हुन पुगेपछि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रमुख गोकर्ण नेपालले बताए ।

उनले भने, ‘पहिरो खसेलगत्तै पहिरो हटाउने काम भइरहेको छ । अब करिव २० मिनेटमा पहिरो हटाएर दुईतर्फी नै राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको छ ।’

यसअघि जेठको अन्तिम साता पृथ्वी राजमार्गस्थित याम्पा नजिकै आँबुखैरेनीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको थियो । साथै केही दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.