एसपीपी फिर्ता लिने वा नलिनेबारे गठबन्धनमा डिटेलमा छलफल भएको छैन : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को विषय फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र विस्तृतरुपमा छलफल नभएको बताएका छन् । काठमाडौंमा आइतबार पत्रकारहरुसँगको अन्तक्रियामा उनले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल भइनसकेको बताए ।

‘एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र डिटेलमा छलफल भएको छैन । चिठ्ठी पठाउने भन्ने विषय पनि आएको छ । सेनाको प्रमुखले विदेशी कूटनीतिक नियोगलाई पत्र लेखेको विषय पनि छ । यसको निर्णय प्रक्रियामा को को रहेका छन् भन्ने विषयमा कस कसको मूल्यांकन गर्ने विषय पनि रहेको छ,’ अध्यक्ष नेपालले भने, ‘सैन्य गठबन्धन वा सुरक्षा घेराभित्र वा छिमेकी देशको सुरक्षा संवदेनशीलता असर पार्ने गरी नेपाल जहाँसुकै गएर पनि स्पष्टसँग भन्नु पर्दछ ।’

प्रधानमन्त्री देउवाले राष्ट्रहित विपरीत हुने गरी कुनै पनि सम्झौता आफूबाट नहुने जानकारी गराएको बताए ।

प्रधानमन्त्रीले यस विषयमा पटक-पटक त्यो कुरा दोहोर्‍याउनु भएको छ र गृहमन्त्रीले पनि संसद्मा‌ बोल्नु भएपछि त्यस विषयमा धेरै शंका गरिरहनु पर्दैन,’ नेपालले भने, ‘यसको बाबजुद यस विषयमा नेपाली जनता सजक रहनु पर्छ । जनताले वाच गरिरहनु पर्छ । जनताको सजकता र जागरुकताले नै अरु शक्तिलाई एउटा सीमा रहन्छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.