एसपीपीमा सहभागी नहुने नेपालको निर्णय चीनद्वारा प्रशंसा


काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद् बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताएका हुन् ।

उनले एसपीपीलाई लिएर नेपालमा चौतर्फी विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको सह्रानिय भएको बताए ।

चीनले नेपाललाई असल छिमेकीको रुपमा सदैव साथ, सहयोग गर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताकोरक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.