नगरको नेतृत्वमा जिताउन नसकेको भन्दै दुलालद्वारा राजिनामा

झापाको दमक नगरपालिकामा प्रमुख र उप प्रमुख गठबन्धन दलका उम्मेदवारहरुले जिते । मेयरमा गठबन्धनसग तालमेल गरेको राप्रपाका राम थापाले जित्नु भयो भने उप प्रमुखमा गठबन्धन मार्फत उम्मेदवार बन्नु भएकी रेगीना भट्टराई प्रसाईं निर्वाचित हुनु भयो ।

थापाले एमालेका तर्फबाट मेयरको उम्मेदवार बन्नु भएकी निकटतम प्रतिद्वन्दी गीता अधिकारीलाई पराजित गर्नु भयो भने भट्टराईले एमाले उम्मेदवार अम्बिका प्रसाद खनाललाई पराजित गर्नु भयो ।

नेकपा एमालेले दमकमा १० मद्ये ७ वटा वडा जित्यो । कुल ५२ पदमा उम्मेदवारी दिएको एमालेले ३९ पदमा मात्र एमाले उम्मेदवार निर्वाचित भए । तर मुख्य पद प्रमुख र उप प्रमुखमा भने एमालेले जितेन ।
वडामा वडा अध्यक्षका उम्मेदवारलाई निकै उत्कृष्ट मत आयो तर त्यही सरह प्रमुख र उप प्रमुखलाई आएन ।

पार्टीको आन्तरिक विवादका कारण यस्तो भएको र विवाद मिलाउन समयमै नसक्दा निर्वाचन परिणामा पार्टीको पक्षमा नभएको ठहर नेकपा एमाले दमक नगर कमिटीका उप सचिव सन्तोष दुलालले गर्नु भयो ।

र यो आफ्नु पनि कमजोरी रहेको भन्दै कमिटीको सो पदमा बसिरहन नैतिक रुपमा नमिल्ने भन्दै राजिनामा दिएको उहाले प्रस्तुत गर्नु भएको राजिनामा पत्रमा उल्लेख छ ।
उहाको राजिनामा सम्बन्धिको बिज्ञप्ती

राजिनामा सम्बन्धमा,

भर्खरै मात्र सम्पन्न भएको स्थानीय तह २०७९ को निर्वाचनमा नेकपा एमाले दमक नगर कमिटि तर्फका उम्मेदवारहरु मध्ये कुल १० वडा मध्ये १० ओटा वडाअध्यक्षमा ७ जना हामिले विजय हासिल गर्यौ । कुल ५२ जना उम्मेदवारहरुमा ७ वडाअध्यक्ष सहित ३९ जना भारि मतका साथ विजयी हुनु तर नगर प्रमुख र उप प्रमुख उपविजेतामा मात्र सिमित हुनुले लज्जित भएको छु । महागठबन्धनको कारण देखाए पनि यो निर्वाचनमा हाम्रै बिभिन्न कारणबाट पराजित हुनु परेको कुरा वडाका मत परिणामलाइ हेरे पनि पुग्छ । यि बिभिन्न विषय कोहि कसैबाट लुक्न नसक्ने तितो यथार्थबाट म आफु पनि पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले यसका सकारात्मक र नकारात्मक पक्षको जवाफदेही हुदै आजको मितिबाट पार्टी दमक नगर कमिटी उपसचिवको जिम्मेवारीबाट नैतिकताका आधारमा राजिनामा दिने निर्णय गरेको छु । साथै यस पछि पनि लगत्तै प्रदेश र संघको निर्वाचन यहि महागठबन्धन सङ्ग लड्नु पर्ने हुदा पार्टीलाइ नया ढंगबाट रक्तसंचार गरि अगाडि बढाउन दमक नगर कमिटी र पार्टीका १० ओटै वडा कमिटी विघटन गरि तत्काल विषेश अधिवेशन गर्न माग गर्दछु ।

सन्तोष दुलाल
उप-सचिव
दमक नगर कमिटी
नेकपा एमाले

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.