दिलवाला हुन्छन् रे भन्दै नेपाली युवाको खोजीमा सिरियली युवतीहरु….

समाचार एजेन्सी- धेरै युवाहरु युद्धमा मारिसकेका छन् । भाग्न सक्ने जति विदेश पलायन भएका छन् । देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् ।

सीरिया देश एउटा इस्लामिक देश हो । त्यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ ।

यसका कारण युवाहरुको संकट परेको छ भने धेरै युवाहरु युद्धमा ज्यान गुमाइसकेका र बाकी युवाहरु पनि लडाइमै व्यस्त छन । त्यसैले त्यहाँ युवतीहरुको संख्या अधिकमात्रमा बढेको छ ।

इस्लाममा समलैंगिता विवाहलाई मान्यता दिएको छैन । यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ ।

विवाहका सबै प्रक्रिया गरिन्छ, रितिरिवाज पनि पुरा गरिन्छ तर बेहुला भने हुदैनन् । सीरियामा पूरुषहरुलाई अनिवार्य रुपमा सेनामा भर्ती हुनुपर्ने नियम रहेको छ । यसैका कारण पनि धेरै युवाहरु मारिने वा देश नै छोडेर भाग्ने गरेका हुन् ।

युवाहरु नभएपछि सीरियामा ठुलो समस्या देखिन थालेको छ । विदेशीसँग विवाह गरेर देश नै छाड्ने युवती तथा महिलाहरुको संख्या पनि उच्च रहेको छ ।देशकै युवाहरुसँग विवाह भएपनि उनीहरुलाई देश छो ड्न महिला तथा युवतीहरु प्रेरित गर्ने गरेका छन् ।

जब उनीहरुको श्रीमान् देशबाहिर पुग्न सफल हुन्छन् तब महिलाहरु आफ्ना बच्चा लिएर श्रीमान् भएको ठाउँमा जान सीरिया सरकारले अनुमति दिने गरेको छ । विदेशीसँग विवाह गर्न सीरियामा कुनै रोकतोक छैन ।

satyasamachar.com बाट साभार

Related Post