राजपालाई तह लगाउन ब्यारेकबाट निस्कियो सेना, सेना निस्केपछि राजपाका कार्यकर्ता गायब

सप्तरी, ३१ जेठ । नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि तराईका जिल्लामा गस्ती थालेको छ । तराईमा निर्वाचन विरोधी गतिविधि रोक्न नेपाली सेना ब्यारेकबाट निस्किएको छ । निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले मधेसमा असार १४ गते हुने दोस्रो चरणको चुनाव विथोल्न अराजक गतिविधि गर्न थालेपछि सेनाले ब्यारेकबाट बाहिर निस्केको हो ।बुधबार सप्तरी सदरमुकाम राजविराजमा राजपाले सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा सेनाको टोली पुगेको छ । सेना पुगेपछि राजपाका कार्यकर्ता गायब भएका छन् ।

निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिमस्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएपछि नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो ।सेना, प्रहरी आएपछि राजपाको नियन्त्रणमा परेका ५५ जना सहायक मतदान अधिकृतहरु एक घण्टापछि छुटेका छन् । सेनाको टोलीले निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा १० मिनेटसम्म गस्ती गरेको थियो । पछिल्लो केही दिनयता राजपाको आन्दोलनका क्रममा नेपाली सेनाको उपस्थिति देखिँदै आएको छ ।

लाईट नेपाल बाट साभार 

Related Post