प्रचण्ड ले गरे सबैलाइ चकित पार्ने घोषणा

काठमाडौ , २३ असार /सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन् ।शनिबार प्याब्सनद्धारा काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारे । उनले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अव मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताए ।

प्रचण्डले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको पनि स्मरण गरे । उनले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्रयाउने व्यवस्थासहित संविधान जारी गरिएको दावी पनि गरे ।

उनले आफूहरु शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीको बिरोधि नभएको पनि स्पष्ट पारे । अध्यक्ष प्रचण्डले नेपालको शिक्षामा निजी क्षेत्रले गरेको मिहिनेतको प्रशंशा गर्दै गुणस्तरीय शिक्षामा अझै जोड दिन पनि आग्रह गरे । अध्यक्ष दाहालले जीवन उपयोगी शिक्षामा सबैले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले शिक्षा, स्वास्थ्य र रोजजारीलाई सर्वसुलभ र सहज बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ! स्रोत:EMECHI.COM

Related Post