नेपाली कलाकारहरुले दशैंको टीका र जमरा यसरी लगाए (फोटोफिचर)

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ। दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ।

आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ। कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ।

स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन्। यही अवसरमा नेपाली कलाकारहरुले पनि आआफ्ना मान्यजनसँग दशैंको टीक ग्रहण गरेका छन् ।

नेपाली चलचित्र जगतकी सदावहार अभिनेत्री रेखा थापाले आफूले दशैंको टीक ग्रहण गरेको तस्विर सामाजिक संजालमा ‘जीवन भरिपूर्ण लाग्छ जब समिप हुन्छु’ शिर्षकमा सेयर गरेकि छन्।

यस्तै बर्षा राउतले पनि दशैंको टीका ग्रहण गरेको तस्विर ‘बडा दशै २०७५ को हार्दिक मंगलमय शुभकामना साथै सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना’ निर्षकमा सामाजिक संजालमा तस्विर सेयर गरेकी छन्।कला र कलाकारलाई देशको सम्पत्ती मान्ने हाँस्य कलाकार तथा चलचित्र निर्देशक तथा निर्मात्री दिपाश्री निरौलाले ‘दशै को टिका’ शिर्षकमा दशैंको टीका ग्रहण गरेको तस्विर सामाजिक संजालमा सेयर गरेकि छन्।

युवा पुस्ताको मनमा राज गर्न सफल अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले ‘ May this Vijaya Dashami shower wealth, peace and prosperity to you and your family.  Happy Vijaya Dashami 2075’ शीर्षकमा दशैंमा टीका ग्रहण गरेको तस्विर समाजिक संजालमा सेयर गरेकी छन्।

from .dcnepal.com

Related Post