टिकापछि राजेश र मधुको टिको, हेर्नुस् फोटोमा

प्रत्येक दशैं झै यस वर्ष पनि महानायक राजेश हमालले टिकाको साइतमा टिका लगाएनन् । उनले टिकाको भोलिपल्ट मात्रै टिका लगाए । किन त ?

खासमा दशैंको टिकाको दिन महानायक हमालकी आमाको तिथि पर्ने गर्दछ । प्रत्येक वर्ष उनी टिकाको दिन आमाको श्राद्ध गर्ने गर्दछन् । त्यसैले हमाल परिवारले टिकाको दिन टिका लगाउने गरेको छैन् ।

आमाको श्राद्ध पछि टिकाको भोलिपल्ट टिका लगाएर महानायकले फेसबुकमा फोटो अपलोड गरे । पत्नी मधु भट्टराई र परिवारसँग टिका लगाएका तस्बिर फेसबुकमा राख्दै महानायक हमालले लेखे, ‘दशैंको शुभकामना । आजबाट मेरो टिका सुरु !’

from ramailochha.com

Related Post