जस्तोसुकै दाँत दुखाई वा यसमा पर्ने किराबाट पूर्णरुपमा छुटकारा दिलाउने अचुक घरेलु उपचार विधि

सहनै नसक्ने गरी दाँत दुख्ने, किरा पर्ने जस्ता दाँत सम्बन्धी समस्याबाट धेरैजस्तो मानिस ग्रसित छन्। दाँत दुख्दा खेरीको पिंडा कल्पना समेत गर्न नसकिने हुन्छ। सहनै नसक्ने गरि दाँत दुखिरहँदा यसलाई एकछिन त औषधीले शान्त बनाउँछ तर यसबाट संधैका लागि भने छुटकारा दिलाउँदैन। दाँत दुखाई र दाँतमा पर्ने किरा एक आम समस्याको रुपमा रहेको छ। हामी यस समस्या लाई निर्मुल पार्न अनेक औषधी सेवन गर्ने गर्छौं तर त्यो एकछिनको लागि मात्र हुन्छ। जब औषधीले काम गर्न छोड्छ फेरी दुख्न सुरु गरिहाल्छ। तर आज हामी दाँतको कीरालाई पूर्ण रुपमा निकाली दुखाईबाट सधैँका लागि छुटकारा पाउन मद्धत गर्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ, जुन १०० प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्छ।

१. तील र ल्वङको तेल: एक चम्चा तीलको तेलमा ३/४ थोपा ल्वङको तेल मिसाएर हरेक बिहान खाली पेटमा यस तेलले कुल्ला गर्ने। यसको साथै तील र ल्वङको तेललाई बराबर मात्रामा मिसाउने। एउटा कटनको डल्ला यो तेलमा चोपेर दुखेको दाँत वा किराले खाएर खाली भएको दाँतको बीचमा राखेर १० देखि १५ मिनेट सम्म दबाएर च्याप्ने। यस विधिलाई दिनको ३/४ पटक प्रयोग गर्नको लागि तील र ल्वङको तेलको मिश्रणमा ३/४ ओटा कटनको बललाई चोपेर एउटा कन्टेनरमा राख्ने। त्यसपछि हरेक पटक खाना खाए पछी यस कटन बललाई १०-१५ मिनेटका लागि दाँतको बीचमा च्यापेर राख्ने। यसो गर्नले दाँतको दुखाईलाई तुरुन्तै ठिक गर्नुका साथै दाँतमा हुने किरालाई सधैँको लागि निकालीदिन्छ।

२. लसुन: ३/४ ओटा लसुनको केस्रालाई मसिनो बनाएर काट्ने । यसमा एक चिम्टी रक सल्ट राखेर मज्जाले मिसाउने। अब यस लसुनलाई सडेको दाँतको बीचमा हालेर १० मिनेटको लागि च्यापेर राख्ने। बिहान बेलुका एक एक पटक यो विधि प्रयोग गर्नाले दाँतमा भएको ब्याक्टेरिया खत्तम हुन्छ र दाँतको कालोपन पुरै हटेर जान्छ।

३. फिटकिरी: जस्तो सुकै दुखाई लाई पनि कम गर्न फिटकिरीलाई एक अचुक औषधीको रुपमा लिइन्छ। एक कप पानीमा एक टुक्रा फिटकिरी लाई डुबाएर १/२ मिनेटका लागि राख्ने। १/२ मिनेट पछी पानीलाई चम्चाले चलाएर फिटकिरीलाई निकाल्ने। अब यो पानीलाई मुखमा राखेर ३/४ मिनेटका लागि घुमाइराख्ने। यस प्रक्रियालाई दिनमा २/३ पटक दोहोर्याउने । लगातार यो विधि प्रयोग गर्नले ३/४ दिनमै जस्तोसुकै गम्भीर दाँतको दुखाईलाई सधैँको लागि हटाउँछ।

त्यस्तै दिनको दुइ पटक ब्रस गर्ने, खाना खाए पछी कुल्ला गर्ने, सके सम्म मिठाई नखाने, दाँतमा अड्किने खालको खाद्यपदार्थ नखाने, प्रशान्त पानी पिउने, धुम्रपान,सुर्ती, तमाखु सेवन नगर्ने लगायतका सावधानी अपनाउनले दाँतमा किरा पर्ने वा दाँत दुख्ने जस्ता समस्या कहिल्यै आउँदैन।

Related Post