दुःखद खबर, शिक्षकले दिएको यातनाले कक्षा ७ कि छात्राले गरिन् आत्महत्या [हार्दिक श्रदाञ्जली]

काठमाडौं । कसैंलाई पनि मानसिक रुपमा तनाव दिनु आफैंमा एक गलत्त कार्य हो । विद्यार्थीलाई पढाउने बहानामा सानोसानो गल्तीमा पनि कहिलेकाँही शिक्षकले आफ्ना विद्यार्थीहरुलाई अपमान गर्ने खालको व्यवहार गरिरहेका हुन्छन । नेपाल लगायत अन्य देशहरुमा यस्तो पद्धति अहिले पनि रहँदैं आएको छ । विद्यार्थीको सानो गल्तीमा उसलाई सम्झाउनुको साटो उसलाई बेइज्जत गर्ने गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।

विद्यार्थीलाई मारपिट गर्ने गरेको त सामान्यतया सबैंलाई जानकारी छ तर नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी एक छात्राले आफ्ना शिक्षकले बारम्बार गालीगलौज गरेको कारण आत्महत्या गर्न पुगेकि छिन । उनले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ ।

छात्राले बिल्डिङको ८ तला माथिबाट हाम्फालेर आत्महत्या गरेको लाइभ भिडियो फुटेज सार्वजनिक भएको छ । बिल्डिङको ८ औं तल्लाबाट ती छात्राले हाम्फालेर आत्महत्या गरेकी हुन् । बिल्डिङको त्यो तल्ला खाली भएको बताइएको छ । यो घटनाको लाइभ भिडियो सार्वजनिक भएको हो । भिडियोमा ती बालिका तल खसिरहेकी देखिएकी छिन् । भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ ।

Related Post