कसैले सोचेका थिएनन् पथ्थरमान फर्केर आउंछन् भनेर तर दोस्रो बिश्वयुद्धमा मृत्यु जितेर फर्किए…यस्तो छ कारण

दोश्रो बिश्वयुद्ध चलिरहेको थियो। भारतीय पल्टनमा भर्ती हुन गएका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राई लामो समयसम्म सम्पर्कमा नआउँदा परिवारले मायाँ मारिसकेका थिए।

तालिम सके लगत्तै युद्ध मैदानमा पठाइएका उनी बि.सं. २००० सालमा जापानी सेनासँग भएको युद्धमा गम्भीर घाईते भएपछि अस्पतालमा लगिए। उसबेला अहिलेजस्तो न फोनको चलन थियो, न इन्टरनेटकै। परदेशीको हाल खबर थाहा पाउन वर्षौँसम्म कुर्नुपर्ने अवस्था थियो। गाउँमा कसै–कसैका घरमा पाइने रेडियो सूचनाको एक मात्र श्रोत हुन्थ्यो।

पल्टनबाट घर आउने उनका नम्बरीले अस्पतालमा भर्ना भएको खबर ल्याएपछि मात्र परिवारले पत्थरमानको अवस्थाका विषयमा पत्तो पाएका थिए।

Related Post