सपनामा देखिएको भैरवको मूर्ति विपनामा भेटियो जय भैरव !

सपनालाई विपनामा परिणत गर्ने भाषण धेरै हुन्छ, तर सपनामा देखिएको विषय विपनामा परिणत नहुन पनि सक्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सपनामा देखिएको तथ्य विपनामा परिणत भएको छ ।

फैटोका गणेश मन्दिरका पुजारी शंकर श्रेष्ठ मन्दिरमै सुतेका थिए । ‘विहान पौने १ बजे सपना देखे । उठेर सपनामा देखिएको ठाउँमा पुगेर त्यहाँको माटो उठाए । फेरि मन्दिरमै गएर सुते । विहान उठदा ६.३० बजिसकेको रहेछ’, पुजारी शंकर श्रेष्ठले भने,‘मैले यस्तो सपना देखेको कुरा गाउँमा बताए।

तर, कसैले पत्याएनन् । मैले सपनामा जस्तो दखेको थिए, त्यस्तै मूर्ति भेटियो।’ शंकरले बिहान ओसीआरसीको आँगनमा पर्ने वारीमा आएर पूजा गर्न थाले ।

पूजा गरेर उन ले मूर्तिको खोज्ने भन्दै खन्न थाले । वरिपरिका छिमेकीलाई पनि उन ले त्यहाँ मूर्ति भेटिएला भन्ने लागेको थिएन। उन ले बिहानभरी खन्दा नभेटिएपछि खाना खाएर आएर पुन खन्न थाले । खन्दै जाँदा जहाँनेर पूजा गरिएको थियो, त्यहिनेर मूर्ति भेटिएको हो । मूर्ति भेटिएपछि वरिपरिका छिमेकीहरुको त्यहाँ भिड नै लाग्यो ।

छिमेकी प्रकाशबहादुर खड्का अनुसार केही दिन भैरवको मूर्ति भेटिएको ठाउँमा मध्यरातमा टपरी आकारमा वत्ती बलेको देखिएको थियो।

‘त्यही ठाउँमा भैरवको मूर्ति भेटिएको हो । मूर्ति भेटिएको जग्गा पहिले शंकरकै पिताको घर थियो । त्यो घरको भग्नावशेष अहिले पनि देखिन्छ । शंकरका पिता ८१ वर्षको थिए । पिताले पनि आफूलाई केही नभनेको शंकरले बताए । त्यो जग्गा उन का पिताले पाँच वर्ष अघि नै अरुलाई नै बेचिसकेको छ ।

छिमेकी शान्ति खड्काका अनुसार गणेशमन्दिरबाट हराएको मूर्ति नै त्यहाँ फेला परेको हो । ‘गणेशमन्दिरबाट पहिले नै भैरवको मूर्ति हरायो भन्ने सुनेका थियौ,सायद त्यही मूर्ति यहाँ फेला परेको हुन सक्छ,’ उन ले भने ।

शंकरका अनुसार पिताले ढोकाको दाँयाबायाँ भैरवको मूर्ति राखेको सुनिएको थियो। ‘तर पछि त्यो मूर्ति कता पुग्यो, कसैले खोजी गरेनन्,’शंकरले भने ।

हेर्नुस् भिडियाे:

Related Post