सैफअलि खान की छोरीले नेपाली बोल्दै नेपाली दर्शकलाई यस्तो भनेपछि (हेर्नुहोस भिडियो सहित)

बलिउड नायक सैफअलि खान पुत्री सारा अलि खानको यतिबेला चर्चा निकै भईरहेको छ । उनको डेब्यु फिल्म केदारनाथले बक्सअफिसमा भने जस्तो कलेक्सन गर्न नसकेपनि फिल्मबाट साराले भने निकै प्रशंसा पाईन चर्चा कमाईन् । फिल्ममा आउँनुअघि ९० किलो रहेकी साराले डेब्यु फिल्ममा पनि श्रीदेवी पुत्री जान्ह्वी कपुरलाई पनि टपेको टिकाटिप्पणी भईरहेको छ । यी दुई दुबै स्टार किड्स र डेब्यु फिल्म भएकोले पनि यी दुईबीच निकै तुलना भएको थियो ।

जान्ह्वीले दोस्रो फिल्मको तयारी गरिरहँदा साराको दोस्रो फिल्म सिम्बा अब रिलिजको तयारीमा रहेको छ । सबैको माया पाएर दंग साराले नेपाली दर्शक र फ्यानहरुलाई सम्बोधन गर्दे एक भिडियो सार्वजनिक गरेकीछिन् । उनले आफनो डेब्यु फिल्मलाई नेपाली दर्शकहरुले मन पराईदिएकोमा धन्यवाद दिएकीछिन् ।

केही शब्द नेपालीमा बोल्दै उनले भनेकीछिन् “कस्तो हुनुहुन्छ नेपाल ? मैले मेरो डेब्यु फिल्मबारे नेपालबाट प्रोत्साहन दिने र मायालु म्यासेजहरु पाईरहेको छु ।

यसले मलाई निकै कृतज्ञ बनाईदिएको छ । देवीदेवताको देश नेपालका सुन्दर महिला र बहादुर पुरुषहरुलाई यो मायाका लागि धेरै धेरै धन्यवाद” । सारा सैफअलि खानको पहिलो पत्नी अमृता सिंह पट्टीकी छोरी हुन् ।

Related Post