लिंग परीक्षण नगरी, अब यसरी थाहा पाउनुस् पेटमा छोरा छ कि छोरी..

हुनेवाली आमाको रक्तचापबाट बच्चाको लिंग पहिचान गर्न सकिने एक नयाँ अनुसन्धानबाट खुलासा भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भाधानभन्दा पहिला जुन महिलाको रक्तचाप कम हुन्छ उनले छोरीलाई जन्म दिने सम्भावना बढी हुन्छ ।

क्यानडाको माउन्ट सिनाई अस्पतालमा एन्डोक्रेनोलजिस्ट डा। रवि रत्नाकरणको नेतृत्वमा अनुसन्धानकर्ताहरुको नयाँ अनुसन्धानका अनुसार उच्च रक्तचाप भएका महिलाले छोरा जन्माउने सम्भावना धेरै हुन्छ ।

रत्नाकरणका अनुसार यसबाट पत्ता लाग्दछ कि ‘गर्भाधानभन्दा पहिला महिलाको रक्तचाप एउटा यस्तो तथ्य हो जसको बारेमा अहिलेसम्म ध्यान दिइएको थिएन र यो तथ्य गर्भमा हुर्किइरहेको बच्चाको लिंगसँग जोडिएको हुन्छ ।’

उक्त शोधसँगै शोधकर्ताले आमाको गर्भाधानभन्दा पहिलाको स्वास्थ्य अवस्था र बच्चाको लिंगको बीच सम्बन्धको खोजी गरेको थियो ।

२००९ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धानमा चीनको ३ हजार ३ सय ७५ मिहलाहरुलाई सहभागी गराइएको थियो । यो अनुसन्धान अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित छ । एजेन्सी ।

दुब्लाउने ब्याक्टेरिया भेटियो…

वैज्ञानिकहरुले गरेको सोधका क्रममा उनीहरुले शरिरको मोटोपन घटाउन सक्ने तथा अर्को मधुमेह कम गर्न सक्ने ब्याटेरिया पत्ता लगाएका छन् ।

‘प्रोसिडिङ्ग्स अफ नेशनल एकेडेमी अफ साइन्सेज’मा प्रकाशित अनुसन्धानले दिएको रिपोर्टका अनुसार मुसामा गरिएको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको दावी गरिएको छ । अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानका क्रममा मुसामा देखीएको शारिरिक वदलावले यस्तो पुष्टी गरेको दावी गरेका छन् ।

उनीहरूका अनुसार यो ब्याक्टेरियाले पेटको भित्री झिल्लीसम्म परिवर्तन गर्न सक्छ र खानाको पच्ने तरिका समेत परिवर्तन गरिदिन्छ ।

उनीहरू भन्छन् अब मानिसमा पनि यसप्रकारको ब्याटेरियाको परिक्षण गरिनुपर्छ । परिक्षण पश्चात मात्रै यो कुराको पुष्टी हुन्छ की त्यो ब्याक्टेरियाले साच्चै मानिसको शरिरको मोटोपनलाई कमी गराउँछ ।

यस ब्याक्टेरियाका बारेमा अध्ययनका लागी केही मुसाको प्रयोग गरिएको थियो । सामान्य अवस्थाको मुसालाई सुरूमा बोसोयुक्त खाना खुवाएर अन्य मुसा भन्दा २-३ गुणा मोटो बनाइयो । केही समयपछी उक्त मुसालाई ब्याक्टेरिया सहित मिलाएर खानेकुरा दिन थालेपछी उनसको शरिर त्यो भन्दा बढेन । यसक्रममा शरिरमा रहेको इन्सुलिनको मात्रामा पनि कमी आएको बताइएको छ ।

अनुसन्धानका अनुसार यी जिवाणुहरू पेटको आन्तरिक झिल्लीमा पुगेर एउटा अवरोधकको काम गर्छ । यसले केही पदार्थलाई पेटबाट रगतसम्म रोक्न मद्धत गर्छ । साथै पाचन प्रणालीमा आउने रासायनिक संकेतलाई पनि उक्त ब्याक्टेरियाले परिवर्तन गरिदिन्छ जसले शरिरमा अन्यत्र बोसोको निर्माण प्रक्रियालाई पनि निस्तेज पार्छ र शरिरको मोटोपन घटाउन मद्धत गर्छ ।
नेपालीहेडलाइन्स डटकम

हस्तमैथुन गर्नै पर्ने ५ कारण..

हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारण छन्। तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो। एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन्। त्यसैले हस्तमैथुन गर्नु कुनै नराम्रो र अनैतिक होइन् । बरु हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ।

यहाँ हस्तमैथुन गर्नै पर्ने ५ कारण प्रस्तुत गरिएको छ
१.हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ
हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो। हस्तमैथुनका धेरै फाइदा छन्। यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ। यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ। केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

२. हस्तमैथुनले चरम आनन्द दिन्छ
हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ। यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ। हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ। यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ।

३.हस्तमैथुन सुरक्षित छ
हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् । हस्तमैथुनका लागि पैसा पर्देन।

४.हस्तमैथुन प्राकृतिक प्रक्रिया हो
हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन्

५. हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ
हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ। हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।

Related Post