कनकाई, पुस २६ । कनकाई माई नदिको दुबै किनार कनकाई नगरपालिका क्षेत्र र शिवसताक्षी नगरपालिका क्षेत्रमा बर्षौ देखि लगाउदै आएको माघे मेला यसपाली नलगाइने भएको छ ।
कनकाई नगरपालिकामा सोमवार कनकाई नगर पालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाल, कनकाईकी उप मेयर मञ्जु प्रसाई, कनकाईका प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपाने, प्रहरी नायव उपरीक्षक षन्तोस आचार्य, प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बा लगायतको उपस्थितिमा बसेको छलफलले मेला सन्चालन नगर्ने निर्णय गरेको हो ।
छलफलमा नेपाल सरकार , सिसिएमसिको मिति २०७८ र ०९ र २५ गतेको बैठकको सिफारिस बमोजिम सञ्चार माध्यमबाट प्राप्त सुचना अनुसार बड्दो कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै माघे सक्रान्तीको अवसरमा हरेक बर्ष पौष २८ देखि माघ २ गते सम्म कनकाई नदिको दुबै तर्फ लाग्ने धार्मिक तथा रमाइलो माई मेला सञ्चालन नगर्ने निर्णय भएको छ ।
यसअघि दुबै नगरपालिकामा मेला लगाउने सम्बन्धि पर्न आएका बोलपत्र तथा दरभाउ पत्रहरु रद्ध गरी सम्बन्धि ब्यक्ति तथा फर्महरुले दरभाउ पत्रका साथ पेश गरेको धरौटी रकम फिर्ता दिने निर्णय पनि छलफलले गरेको छ ।