आईपीएलका १० टिममा को को भए रिटेन, को को रिलिज


January 22, 2022 मा प्रकाशित

मुम्बई । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन्।

पुराना ८ र नयाँ २ सहित आईपीएलमा यसपटकदेखि १० टिमको सहभागिता हुनेछ।

नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन्।

अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्नेछन्।

दुई नयाँ टिमले अक्सन पुलबाट तीन तीन खेलाडी छनोट गर्दा पुरानाले अधिकतम् ४ खेलाडी रिटेन गरेका छन्। जसमा एक एक जना विदेशी खेलाडी राख्नसक्ने नयाँ प्रावधान छ।

१० टिम मध्ये मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकता नाइटराइडर्स र दिल्ली क्यापिटल्सले चार चार खेलाडीलाई रिटेन गरेका छन्।

यस्तै हैदराबाद, राजस्थान, बैंग्लोर, अहमदाबाद र लखनउले समान तीन तीन जना खेलाडी रिटेन गरेका छन्। यस्तै पञ्जावले सबैभन्दा कम २ खेलाडीलाई मात्रै रिटेन गरेको छ।

आईपीएल २०२२ मा सबै टिमलाई ९० करोड भारू सम्म खर्च गर्न पाउने नियम बनाएको छ। यसमा रिटेन गरिएका खेलाडीलाई दिएको रकम घटाएर बाँकी रहेको रकमका आधारमा फ्रेन्चाइज टिमले अक्सनमार्फत खेलाडी राख्न पाउनेछन्।

आफ्ना चार खेलाडी रिटेन गरेको टिमबाट ४२ करोड बजेट काटिनेछ। यस्तै तीन मात्र खेलाडी रिटर्न गर्ने टोलीको ३३ करोड काटिनेछ। यस्तै दुई मात्र खेलाडी रिटेर्न गर्ने टिमको २४ करोड र एक मात्र खेलाडी रिटेन गर्ने टोलीको १४ करोड भारतीय रूपैया काटिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here