‘ए डिभिजन लिग’ समयमै हुनेमा आशंका


December 18, 2022 मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ ।

महिना दिन बाँकी रहेको अवस्थामा सहभागी हुने क्लव भने अहिलेसम्म दर्ता भएका छैनन् ।

अघिल्लो संस्करणको बक्यौता रकम बाँकी रहेको अवस्थामा क्लबहरु सहभागिता जनाउन हिच्किचाईरहेका हुन् । सहभागि हुने क्लवलाई एन्फाले पुस पहिलो साता भित्र क्लब दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लबहरु तयारी नपुगेको भन्दै चिन्तित छन् ।

लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबलाई पत्राचार गरिसकेको छ । पुस पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लवहरुले अघिल्लो संस्करणको लिगको बक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन् ।

वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र क्लवहरुले एन्फामा रकम भुक्तानी माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here