कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी पुरस्कृत


January 22, 2022 मा प्रकाशित


केर्खा । कमल गाउँपालिकाको दशौं गाउँसभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । गाउँपालिकाले दशौं गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरकोे छ ।

यसरी पुरस्कृत हुने कर्मचारीमा उत्कृष्ट कर्मचारी तर्फ कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरालाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।

त्यसैगरी कर्मचारी पुरस्कार तर्फ प्रशासन शाखाका तुलसी ओझा, वडा नम्वर ४ का वडा सचिव पर्शुराम तिम्सिना, तोपगाछी स्वस्थ्य चौकीकी कमला पौडेल, वडा नम्वर १ का प्रविधिक शुष्मा बस्नेत र वडा नं. ७ का प्राविधिक गणेश कुमार महता लाई जनहि नगद १० हजार रुपैया सहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here