आज महिला राष्ट्रपति भएको देशमा
छोरी भएकोमा गर्भसाथ हिड्ने बेला
दिनानुदिन डर र त्रास मनमा लिई
पर्दैछौं हत्यारा र बलात्कारीको फेला
आँखामा सपना, मनमा खुसी बोकी हामी छोरी
यस्तो असुरक्षित समाजमा बाँच्नु कसो गरी ?
दिनदिनै गर्दैछौं कस्तो आयो समय फेरी ?
बलात्कारीबाट बाँच्नु कसो गरी ?
हामी छोरी जाने कहाँ ? विश्वास कसलाई गर्ने ?
सरकार हाम्रो सुरक्षाको लागि केही गर्ने कि नगर्ने ?
हामी छोरीहरु गर्भमा त सुरक्षित छैनौं
एक चोटी सोच्नुस् त हामी तिम्रै आमा हैनौं ?
सतीप्रथा, देउकीप्रथा, छापडीप्रथा त सहेको नै थियौं
विन्ति छ, अब बलात्कार सहन सक्दैनौं
छोरीलाई न्याय त लिखितमा मात्र दियौं
अहिलेसम्म त अन्याय सहयौं, अब सक्दैनौं
दिनदिनै पर्ने पर्ने कति पिडा छ हामीलाई
यस्तो पाप गर्दा आमाको याद आएन तिमिलाई
यस्तै हो भने भगवान छोरी जातीलाई मासिदेउ
सक्दैनौं भने यी पापी बलात्कारीहरुलाई फाँसी देउ
आशिका तामाङ
मेची क्याम्पस, झापा