गुटको प्रभावमा नपर्न आग्रह


January 10, 2022 मा प्रकाशित

विर्तामोड २६ पुस । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले माथिल्लो तहमा बस्ने नेताको गुटगत प्रभावमा नपरी संगठनलाई दरो बनाउन कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–५ अन्तरगत समावेशी टोल समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव हुमागाईले टोल एवं वडा समितिको सक्रियताले नै पार्टी बलियो हुने बताउँदै कसैको प्रभावमा नपरी संगठनको हितमा काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

वडा सभापति दीपक मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नं–२, प्रदेश क सभापति लक्ष्मी आचार्य, क्षेत्रीय प्रतिनिधिहरु ओमकृष्ण विमली, गोपाल मैनाली, रामु सिंह, केशव ताम्राकार, राधिका चुडाल लगायतले बोल्नुभएको थियो । टोल समितिको भेलाले रामचन्द्र प्रसाइको संयोजकत्वमा समावेशी टोल समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा मिलन प्रसाई, सिता प्रसाई, गोमा दंगाल, तिलरुपा भुजेल, दीपक शाह, दिनेश चौधरी, युवराज प्रसाई, बब्लु शाह, राकेश चौधरी, छेदी सोहनी, उमा प्रसाई, पारसमणि प्रसाई, दिपक शाह, सुनिता प्रसाई, राजेश पोखरेल, देवेन्द्रविक्रम थेवे, विनोद तिम्सिना, दिपक प्रसाई, मेनुका पोखरेल लगायत रहेका छन् ।
सुष्मा पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन खगेन्द्र प्रसाईले गर्नुभएको थियो । नेपाली कांग्रेस विर्तामोड–५ ले यसअघि ८ वटा टोल समिति गठन गरिसकेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here