गौरादह कांग्रेसको नगर सम्मेलन सम्पन्न


September 2, 2023 मा प्रकाशित

गौरादह, भाद्र ८ । नेपाली कांग्रेस गौरादह नगर समितिको नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा वीपी स्मृति भवन गौरादहमा नगर सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनका क्रममा नगर सभापति गोपाल कोइरालाले पार्टीले हालसम्म गरेका कार्यप्रगति र भावी योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि थेवे, पार्टी प्रतिनिधि एवं उपसभापति शेरबहादुर भट्टराई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, ५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

लक्ष्मी बाह्रकोटी प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव माधव कोइरालाले गरेका थिए । यसैबीच नगर समिति एवं नेपाल महिला संघ गौरादहको संयुक्त आयोजनामा शुक्रबारबाट तीन दिने उद्घोषण तालिम शुरु भएको छ । एक सय जना सहभागी तालिममा प्रशिक्षक विरेन्द्र शाहले प्रशिक्षण दिने र सहजीकरण नेपाल प्रेस युनियन झापाका सभापति गिरिराज भट्टराईले गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here