गौरीगञ्ज गाउँपालिकामा करार कर्मचारीको परीक्षा बदर गर्न माग


January 10, 2022 मा प्रकाशित

गौरीगंज, पुस २६ । गौरीगंज गाउँपालिकाले लिएको कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुपरिवेक्षकको परिक्षा बदर गर्न माग गरेको छ ।
परिक्षा समितिले लिएको लिखित परिक्षा र सो परिक्षाको परिक्षाफल लोकसेवा आयोगको मापदण्ड विपरित भएको भन्दै सोमवार गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापासहित ५ जना वडाअध्यक्षहरूले परिक्षा वदर गर्न निवेदन दिएका हुन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतो, वार्ड नं. २ का वडा अध्यक्ष अघ्नुप्रसाद राजवंशी, वार्ड नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवले प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठलाई निवेदन दिएका हुन् ।
गाउँपालिकाको परिक्षा समितिले पुस २४ गते कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुवरिवेक्षकको लिखित र पुस २५ गते प्रयोगात्मक तथा अन्तर्वार्ता लिएको थियो


त्यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश क समितिका सभापति जिवन कुमार राईको नेतृत्वमा एक टोलीले गाउँपालिकाले स्थगित गरेको परिक्षाको विषयमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई ध्यानाकर्षण गराए थिए । टोलीले गाउँपालिकाले लिएको कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुपरिवेक्षकको लिखित परिक्षा लोकसेवा आयोगको मापदण्डमा नभएको भन्दै परिक्षालाई निष्पक्ष, धादलीरहित र योग्य उम्मेदवारलाई छनौट गरी विधि र प्रक्रियामा परिक्षा सञ्चालन गर्नु पर्ने माग गरेको थियो ।

लिखित परिक्षामा सफल भएका उम्मेदवारले गौरीगंज गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठलाई परिक्षा धाधलीपुर्णरूपमा भएकोले परिक्षा स्थगित गर्नु पर्ने निवेदन आईतवार निवेदन दिएका थिए । उत्तm निवेदन उपर कार्वाही भई प्रशासकीय अधिकृत तथा परिक्षा समितिका संयोजक सन्तोष श्रेष्ठले परिक्षा स्थगितको सुचना गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष र सम्वन्धित व्यक्तिको मिलेमतोमा प्रयोगात्मक र अन्तर्वार्ता लिने कार्य भएकोले परिक्षा स्थगित गर्नु भनी उम्मेदवारले दिएको निवेदनमा उल्लेख छ ।
गाउँपालिकाले कम्प्युटर प्राविधिक कार्यालय सहायक र गणकको ४८ जनाको लिखित परिक्षाको नतिजा प्रकाशन गरेको थियो भने सुवरिवेक्षक सहायक पाचौं तहको लिखित परिक्षामा ४ जनाको नतिजा प्रकाशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here