जनता केन्द्रित कार्यक्रम लिएर गाउगाउँमा जान कांग्रेस कार्यकर्तालाई निर्देशन


January 10, 2022 मा प्रकाशित

विर्तामोड पुस २५ । पूर्व सांसद एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज नेता  डिल्लीप्रसाद सिटौलाले  शक्ति जनतामा रहेको बताउदै जनताले काङ्रेसलाइ कसरी हेर्छ्न भन्ने अनुगमन गरेर जनता केन्द्रित कार्यक्रम लिएर गाउगाउँमा जान कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

नेपाली कांग्रेस झापाको आयोजनामा केन्द्रीय एवं १ नं प्रदेश समितिका विजयी नेतृत्वको स्वागत एवं सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले स्थानीय, प्रदेश र संघीय क्षेत्रको निर्वाचन नजिकिएको अवस्थामा उम्मेदवार मनोनयन गर्नुअघी उम्मेदवारको मापदण्ड बनाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा सम्मानित ब्यक्तित्वको तर्फबाट मन्तब्य राख्दै महामन्त्री विश्वप्रकाश शर्माले चुनाबी प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउदै हिजो को कहाँ उभियो ? भन्ने  कुरा छोडेर मन मिलाएर संगठनको हितमा सगसगै हिड्न आग्रह गर्नुभयो ।

प्रतिपक्षी दल के.पी. ओलीमा अत्यन्तै असहिष्णु प्रवृत्ति देखिएको उदाहरण पेश गर्दै नेता शर्माले स्वस्थ आलोचना गरेर पार्टीको रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो । अवका पुस्ताले राजनीतिमा एकपटक रास्ट्रपति, दुइपटक प्रधानमन्त्री, ३ पटक मन्त्री र चारपटक मात्रै सांसद बन्न पाउने प्रक्रियालाई नीतिगत रुपमै अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अहिलेसम्म कुनै पनि प्रधानमन्त्री ५ बर्ष नटिकेको बताउदै १५ बर्ष निरन्तर काङ्ग्रेसले सरकार चलाउन पाए बी.पी. ले भनेजस्तै देसको मुहार फेरिने दाबी गर्नुभएका शर्माले चुनाव जित्नेमात्रै होइन, निरन्तर १५ बर्ष सरकार चलाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । आर्थिक रुपान्तरण, समाबेसी सहभागिता , सामाजिक रुपान्तरण र हिंसामुक्त समाज बनाउनुपर्ने दायित्व काङ्ग्रेसको काँधमा आएको उहाँको भनाई थियो ।

शहीदको त्याग र बिद्रोहबाट मात्र यो पुस्ताले स्वतन्त्रता पाएको उल्लेख गर्दै  उहाँले भन्नुभयो–‘झापा क्रान्ति र बिद्रोहको भुमी हो।’
नेपाली कांग्रेसको वर्तमान समितिमा अनुभवी र पाका नेतृत्व एवं युवापुस्ताको समान सहभागिता रहेको उल्लेख गर्दै  इतिहास र बर्तमानको संयोजनले नै पार्टी बलियो हुने धारणा राख्नुभयो ।

‘महामन्त्रीमा निर्वाचित भएसँगै पाँच बर्षीय परीक्षामा उभिएको छु’ महामन्त्री शर्माले भन्नुभयो–‘ डिग्री पढेको युवाले जागीर खान दलको ढोका ढकढक्याउनुपर्ने, प्रशासनिक समस्या एवं समग्र अब्यवस्थाको अन्त्य र पार्टीको रुपान्तरणका लागि सक्दो प्रयास गर्नेछु ।’ सगै हिड्दा लात्ती लागेपनी आफ्नो साथीको स्पर्श सम्झेर क्षमा गर्दै पार्टीको हितमा लाग्न सबैलाई आह्वान गर्नुभएका शर्माले निर्वाचनमा कोही पनि हतियारको बिडजस्तै कम्युनिस्टको बिड नबन्न्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले चुनावको परिणामले मन दुखेकाहरुलाइ मल्हमपट्टी लगाएर गाउँ– नगर, वडाको नेतृत्व छान्न आह्वान गर्दै ९० दिनको कार्यतालिका बनाएर स्थानीय चुनाबको तयारीमा लाग्न निर्देशन दिनुुभयो ।

गाउँनगर र वडाको परिणामले काङ्ग्रेसको भबिस्य निर्धारण गर्ने बताउदै  अबको तीन महिना स्थानीय चुनाबका लागि केन्द्रीत हुनसमेत उहाँले आह्वान गर्नुभयो ।
केन्द्रीय सदस्य सरिता प्रसाइले सबै क्षेत्र, प्रदेश, गाउँ–नगर र वडामा मेरो मान्छे होइन, जित्ने र जनमानसमा लोकप्रियता बोकेका ब्यक्तिलाइ टिकट दिनुपर्नेमा जोड दिनुभयो ।
एमालेले संसद बन्धक बनाएर लोकतन्त्रमाथि नै प्रहार गरिरहेकोतर्फ सचेत गराउँदै नेतृ प्रसाइले बहस र छ्लफलमार्फत समस्या समाधान गरेर लोकतान्त्रिक पद्धतिको पालना गर्न सुझाव दिनुभयो ।

नेपाली कांग्र्रेस प्रदेश– १ का सभापति उद्वव थापाले सहिद, प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा, सर्बस्वहरणमा परेका ब्यक्ति तथा परिवार सम्मानका लागि योग्य भएको बताउँदै भन्नुभयो–‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसैको हार र जीत हुँदैन । बिजय उत्सब र सम्मानले पार्टीको हित गर्दैन । उपबिजयीहरुको पीडामा मल्हम लगाउन सकेमात्र पार्टीको हित हुन्छ, संगठन बलियो हुन्छ।’

पार्टीको जिम्मेवारी दिएर झापा काङ्ग्रेसको गौरब र गरिमा बचाउन र आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताएर जनताबाट अबिर र माला लगाउने वातावरण बनाउन समेत उहाँले झापा कांग्रेसलाई आह्वान गर्नुभयो । क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगर र वडासम्म पार्टीका कार्यक्रम पुर्याउन आग्रह गर्दै केन्द्र र प्रदेशमा पाएको सफलता पार्टी कार्यकर्ताको कृयाशिलताले पाएको थापाको भनाई थियो ।
नेपाली कांग्रेसका पूर्वं सभापति पुर्णानन्द शर्माले केन्द्र र प्रदेशमा निर्वाचित सबैको इतिहास प्रजातान्त्रिक आन्दोलनमा अग्रस्थानमा रहेको बताउदै सबै एकजुट भएर पार्टी हितमा लाग्न आह्वान गर्नुभयो । जग बलियो भए घर बलियो हुने बताउदै एकजुट भएर पार्टीको जग बलियो बनाउन उहाँको सुझाव थियो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, राष्ट्रियसभाका उम्मेद्वार गोपालकुमार बस्नेत लगायतले बोल्नुभएको थियो ।
झापा उपसभापति केशवकुमार पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत शेरबहादुर भट्टराई र सञ्चालन कृष्ण हुमागाईले गर्नुभएको थियो । सो क्रममा केन्द्रीय समितिमा निर्वाचित महामन्त्री शर्मा, केन्द्रीय सदस्यहरु बुढाथोकी, प्रसाई, सुब्बा र ढकाल, प्रदेश सभापति उद्वव थापासहित प्रदेश समितिका १३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here