त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश, थ्रीस्टार पराजित


January 26, 2022 मा प्रकाशित

पोखरा, माघ ११ । त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीका लागि राजिब गुरुङले एक गोल गरेका थिए । खेलको ७० औँ मिनेटमा उनले गरेको गोल नै आर्मीको जितका लागि निर्णायक बनेको थियो ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here