दुबै मृगौला खराब भएका विपन्न प्रदीपलाई बचाइदिन श्रेष्ठ परिवारको अपिल


September 2, 2023 मा प्रकाशित

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ बर्षिय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

आर्थिक अवस्था नाजुक भएका श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको हो । १७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको बिपि कोइराला प्रतिष्ठान घोपा अस्पतालमा लगिएको थियो । उनको परिक्षणपछि दुवै मृगौला फेल भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले बताए ।

श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तर्गत आर्थिक संकलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदीका दाजु नारायण श्रेष्ठ, सचिबमा डम्बर थापा, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सदस्यमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् ।

त्यसैगरी उक्त समितिलाई सल्लाह सुझावका लागि ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।

हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । उनलाई मृगौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु बिष्णु श्रेष्ठले मृगौला दिने भएका छन् ।

तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सवैलाई सहयोगको लागि अपिल गरेका हुन् । मृगौला प्रत्यारोपणका लागि करिव १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here