नेता भुसालको आशंका : एमालेमा पञ्चायतकालिन ‘मण्डले प्रवृत्ति’ त हुर्कदो छैन ?


June 7, 2021 मा प्रकाशित

काठमाडौं, २४ जेष्ठ ।। बिस ।। नेकपा एमालेका उपमहासचिव तथा बैचारिक नेता घनश्याम भूसालले एमालेको राजनीतिलाई विकृत बनाउन केही समूह खडा भएको आशंका व्यक्त गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भूसालले आफूहरुकाविरुद्ध अनर्गल प्रचार सुरु गरिएको भन्दै त्यसको धारणा राख्नु भएको हो ।
भूसालले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको उल्लेख गर्नु भएको छ ।
पञ्चायतकालिन राजनीतिको स्मरण गर्दै नेता भुसालले भन्नु भएको छ, “‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु,’ नेता भुसाल आशंका व्यक्त गर्दै लेख्नु हुन्छ, “आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? निष्कर्षमा नेता भुसाल भन्नु हुन्छ, “धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here