नेपाल कबड्डी लिगमा ७५ लाखको प्रायोजन


January 15, 2025 मा प्रकाशित

काठमाडौं । पहिलो संस्करणको कबड्डीको फेञ्चाइज लिग नेपाल कबड्डी लिग (एनकेएल) ले टाइटल स्पोन्सरमार्फत् ७५ लाख पाउने भएको छ। एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा हुने लागेको एनकेएलको ‘टाइटल स्पोन्सर रुपमा केबी साम हुने भएको छ। अब प्रतियोगिता ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ।

टाइटल स्पोन्सरको सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे। एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो ।

सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपैया एनकेएललाई दिनेछ। वीरगञ्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ।

एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ वटा टिमले राउन्ड रोकिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here