काठमाडौं, पुस २९ । साता अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ५४.१२ अङ्कले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा अपर तामाकोशी जलबिद्युत अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय ५० रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार भएको छ ।
बिहीबारको कारोबारमा १३ बाट उपसूचकमध्ये १ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । बिहीबार सबैभन्दा बढी मध्ये भोटेकोशी जलविधुत र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले कमाएका छन् भने नोबेल ऋणपत्र र एनआईसी एशिया सेलेक फण्डका लगानीकर्ताले घुमाएका छन्।