काठमाडौं, माघ ४ । पछिल्लो ५ वर्षदेखि आफ्नै स्रोतबाट पेट्रोलियम पदार्थ किनेर विक्री गरिरहेको आयल निगम सम्भवतः अबको दुई महीनापछि फेरि ऋण मागेर तेल किन्ने अवस्थामा पुग्ने देखिएको छ ।
पछिल्लो करिब एक वर्षदेखि आयल निगम निरन्तर घटामा छ । अन्तर्राष्ट्रिय बजारमा उकालो लागेको तेलको मूल्यका कारण निगम १० महीनादेखि लगातार घाटमा गएको हो ।
निगमको मासिक घाटा अहिले तीन अर्ब रुपैयाँ हाराहारी छ । गत कात्तिकमा सर्वाधिक करिब ५ अर्ब रुपैयाँसम्म घाटामा गएको निगम अन्र्तराष्ट्रिय बजारमा तेलको मूल्य केही घटेपछि अहिले ३ अर्ब भन्दा केही बढी घाटामा छ । पछिल्लो ६ महीनामा निगमको घाटा १८ अर्ब रुपैयाँ नाघेको निगमले जनाएको छ ।
चालु आर्थिक वर्षको छ महीना (साउन–पौष) मा मात्रै निगमलाई १८ अर्ब बढी घाटा भएको निगमका निर्देशक नागेन्द्र झाले आर्थिक अभियानलाई जानकारी दिए । यसरी नै घाटा बढ्दै जाने हो भने निगमले ऋण लिनुको विकल्प नरहेको निर्देशक झा बताउँछन् ।
ुनिगमले तेल खरीद गर्न ऋण लिनु पर्ने आवस्था आउन सक्छ‘, झाले भने, ुसञ्चित मुनाफा सकियो, मूल्य स्थिरीकरण कोषमा करीब १० अर्ब रुपैयाँ मात्रै बाँकी छ । यसले करीब २ देखि अढाई महिना मात्रै धान्छ । त्यसपछि त ल्याप्चे लगाउँदै ल्याउने हो ।ु