‘भद्रपुर गोल्डकप’ आयोजना गर्ने तयारी, आयोजक समितिको अध्यक्षमा दिपेश ढकाल


December 18, 2022 मा प्रकाशित
भद्रपुर गोल्डकप आयोजना गर्ने निर्णय पश्चात भद्रपुर नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाले अवलोकन गर्दै मेची रंगशाला ।


झापा । भद्रपुर नगरपालिकाले यो वर्षदेखि भद्रपुर गोल्डकप आयोजना गर्ने तयारी गरेको छ । चन्द्रगढीमा रहेको जिल्लाकै एकमात्र रंगशाला मेची रंगशालालाई पुर्नजिवन दिन तथा खेलकुदको माध्यमबाट भद्रपुरलाई छुट्टै चिनारी दिन भद्रपुर गोल्डकपको आयोजना गर्न लागेको भद्रपुर नगरपालिकाले जनाएको छ ।

पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागेको भद्रपुरका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको भद्रपुर गोल्डकपलाई कसरी सफलतापूर्वक आयोजना गर्ने भन्नेबारे सोमबार बिहान नगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ ।

छलफलबाट युवा उद्योगी दीपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल आयोजक समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्ष अजय साहेवालालाई निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलीप भुइमाली, टेकमान गुरुङ र गम्भीर राई चयन भएका छन् ।

त्यस्तै सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टिकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दिनबन्धु गोयल, वसन्त बानिया, धर्म सिवाकोटी, प्रशान्त भण्डारी, यामबहादुर श्रेष्ठ र नवराज पनेरु रहेका छन् ।
भद्रपुर ८ मा रहेको मेची रंगशालामा जिल्लास्प्ति, नगर तथा वडास्तरीय प्रतियोगिताहरु मात्रै सञ्चालन हुँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here