मनमाया र इन्दिरा गृह नगर लेटाङमा सम्मानित


July 12, 2020 मा प्रकाशित

असार २७, २०७७ इलाम : १३ आंै दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका दुई खेलाडी गृह नगरमा सम्मानित भएका छन्। मोरङको लेटाङ नगरपालिकाले महिला टोलीका सदस्यद्वय मनमाया लिम्बू र इन्दिरा राईलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो। नगरप्रमुख शंकर राईले उनीहरुलाई नगद र सम्मानपत्र प्रदान गरे। सन २०१४ बाट नेपाली महिला राष्ट्रिय टिमको डिफेन्स लाइन सम्हालेकी लेटाङ–६ की मनमाया हाल सशस्त्र प्रहरी बलमा आवद्ध छिन्। उनले १३ औं सागपछि राष्ट्रिय टोलीबाट सन्यास लिएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here