मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा


December 18, 2022 मा प्रकाशित

झापा । मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको हो ।

अल बायत रंगशालामा सम्पन्न खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ७९ औं मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ । यसअघि विश्वकपको इतिहासमा ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक फाइनल खेलेका थिए । यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् ।

हालसम्म इटाली र ब्राजिलमात्र विश्वकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने टिम हुन् । यसपटक फ्रान्सलाई लगातार दुईपटक विश्वकपको उपाधि जित्ने मौका रहेको छ ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिना र फ्रान्स दुबै टोलीका लागि इतिहासमा तेस्रो पटक विश्वकप जित्ने अवसर हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९८६ तथा फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here