रविलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश


January 15, 2025 मा प्रकाशित

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति लामिछानेलाई आज बुधबार भएको थुनछेक बहसपछि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here