राष्ट्रियसभाको बैठक माघ १७ गते


January 27, 2022 मा प्रकाशित


झापा । राष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ ।

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमद्वारा बिहीबार जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ ।

उक्त बैठक यही माघ २ गते आइतबारको सूचनामार्फत् अर्को सूचनाद्वारा नतोकिएसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित सो सूचनामा भनिएको छ, “राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here