राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले धादिङ बस दुर्घटनाका घाइतेलाई भेटे


September 2, 2023 मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
अध्यक्ष तिमिल्सिनाले शुक्रबार काठमाडांैका बिभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराईरहेका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले ललितपुरमा रहेको क्रिष्ट मेडिकल कलेज, काठमाण्डौमा रहेको बयोधा लगायतका अस्पतालमा पुगेर उपचार गराईरहेका घाइतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गरे । उनले घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई आग्रह पनि गरेका छन् ।

बस दुर्घटनामा परेका घाइतेहरु मध्ये काठमाण्डौको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बि एण्ड बि अस्पतालमा १/१ जनाको उपचार भैरहेको छ । काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनीबजार जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो भने १७ जना यात्रु घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here