रियल बेटिसको सानदार जित


January 22, 2022 मा प्रकाशित

एजेन्सी, माघ ८ । स्पेनिस ला लिगाको तेस्रो स्थानमा आसिन रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बेटिसले १० खेलाडीमा समेटिएको स्पान्योललाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

रियल बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई तथा गुईडो रोड्रिग्वेज र जोस विलियसले गोल गरे । स्पान्योलका राउल डे टोमसको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । राउल डे टोसमले १४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए ।

तर, स्पान्योलको अग्रता लामो समय टिकेन । ३१औँ मिनेटमा बेटिसका बोर्जा इग्लेसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६औँ मिनेटमा गुईडो रोड्रिग्वेजले नविल फेकिरको पासमा गोल गर्दै पहिलो हाफमा बेटिसलाई २–१ गोलको अग्रता दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here