लागूऔषधसहित ५ जना पक्राउ


January 16, 2025 मा प्रकाशित

झापा । लागूऔषधसहित बिर्तामोडबाट ४ जना युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २५ वर्षीय प्रकाश राजवंशी, ३२ वर्षी रतन राजवंशी, बिर्तामोड १ का २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा गाउँपालिका ७ घर भई हाल बिर्तामोड ५ मा बस्ने २१ वर्षीय आषिश लिम्बू रहेका छन् । प्रकाश राजवंशीको घरमा लागूऔषध बेचबिखन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुबाट प्लाष्टिकसहितको ३ दशमलव ९८० ग्राम तथा प्लाष्टिक बाहेक ४२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकको टोलीले प्रतिबन्धित औषधीहरु ट्रामाडोल र स्पाससहित दमक २ का २३ वर्षीय सुशन बञ्जरालाई नियन्त्रणमा लिएको छ । बुधबार बेलुका ४ बजेति दमक ६ स्थित सडकमा शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधीहरु फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here