वडाभित्रका विपन्नलाई सिरक वितरण


January 14, 2022 मा प्रकाशित
झापा गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले वडाभित्रका विपन्न परिवारलाई सिरक वितरण गर्दै ।

महाभारा, पुस ३० । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ को वडा कार्यालयले वडाका विपन्न २ सय २८ परिवारलाई जाडो छल्न सहयोग पुरयाउने उद्धेश्यले न्यानो सिरक वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष कार्तिकलाल राजवंशीसहित जनप्रतिनिधिहरुले लक्षित वर्गलाई सिरक हस्तान्तरण गरेका हुन ।


वडाध्यक्ष राजवंशीका अनुसार यसअघि स्थानीय तहबाट प्रदान गरिएका सहयोग तथा अनुदान सम्बन्धिको कार्यक्रममा नपरेका, विपन्न तथा असहाय वर्गलाई लक्षित गरेर प्रति परिवार एकएक वटा फाइबरका सिरक वितरण गरिएको हो । सो अवसरमा वडाध्यक्ष राजवंशी, वडा सदस्यहरु राजभक्त सुनुवार, टंक श्रेष्ठ, जानुका गौतम र सुनिता पासवान लगायतले सिरक हस्तान्तरण गरेका थिए ।

स्थानीय सरकार नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने पहिलो दायित्व भएको सरकार भएकाले लक्षित वर्गलाई जाडोमा उपयोगी हुने सिरक वितरण गरिएको बताइएको छ । सिरक वितरणका लागि साविक महाभाराका ९ वटै वडाबाट लक्षित वर्गको पहिचान गरिएको वडाध्यक्ष राजवंशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here