विद्यालय शिक्षा विधेयकबारे कांग्रेसमा छलफल


January 15, 2025 मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे छलफल गरेको छ। केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा विभागले बुधबार केन्द्रीय कार्यालय सानेपमा विधेयकबारे छलफल गरेको हो।

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलमा छ। शिक्षा विभागले पहिलो चरणमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीसँग र दोस्रो चरणमा सरोकारवालाहरूसँग छलफल गरेको थियो। कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, राष्ट्रिय शिक्षक संगठनका महासचिव हंशबहादुर शाही, उपाध्यक्ष नवराज पाण्डे, विद्यालय व्यवस्थापन समिति महासंघ लगायत सहभागी थिए।

कार्यक्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा आवश्यक सुधार गर्नुपर्ने धारणा राखेका थिए भने कोषाध्यक्ष उमेश श्रेष्ठ, शिक्षा विभागका पूर्वप्रमुख रहेका सांसद चन्द्र भण्डारीले पनि शिक्षा विधेयक अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here