
झापा। क्रोएसिया विश्वकप फुटबल २०२२ मा तेस्रो भएको छ । शनिबार राती सकिएको खेलमा मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसिया तेस्रो भएको हो । क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गर्नुभयो भने मोरक्कोका अक्रफ दारीले गोल गरेका थिए ।
क्रोएसिया विश्वकपको गत संस्करणको उपविजेता टिम हो । क्रोएसियाले खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता लिएको खेलको नवौँ मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो ।
क्रोएसियाले ४२ औं मिनेटमा गोल गर्दै अग्रता लियो । त्यसपछि कुनै टिमले गोल गर्न सकेनन् र क्रोएसिया विजयी भयो । मोरक्को पराजित भएपनि विश्वकप फुटबलको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश बनेको छ ।