वैशाखमै स्थानीय निर्वाचन गर्न प्रधानमन्त्री देउवामाथि दबाब


January 25, 2022 मा प्रकाशित

काठमाडौँ, माघ ११ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए ।

छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी निर्वाचन कानुन संशोधन गर्न सरकार आबद्ध सत्ता गठबन्धनलाई सुझाएका थिए । तर, प्रमुख सत्तारूढ कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले भने निर्वाचन जस्तो विषयमा पार्टीभित्र कुनै छलफल नगरी सभापति देउवाले एकलौटी रूपमा निर्णय गर्न नपाउने भन्दै वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने भनेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले निर्वाचन जस्तो महत्वपूर्ण विषयमा पार्टीभित्र कुनै पनि छलफल नै नगरी सभापति एकलौटी ढंगबाट अघि बढेको र वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने निष्कर्ष बैठकको रहेको बताए ।

‘निर्वाचन जस्तो विषयमा कसरी अघि बढ्ने भन्नेमा पार्टीभित्र छलफल नै भएको छैन, यो दुःखद् हो, निर्वाचनका विषयमा पार्टीमा छलफल गरेर निर्णय हुनुपर्छ, स्थानीय तहको निर्वाचन वैशाखमा नै हुनुपर्छ भन्ने बैठकको निष्कर्ष हो ।

स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने विषयले कांग्रेसलाई कमजोर बनाउँछ,’ नेता केसीले बैठक’दयगत जानकारी दिँदै उनले बैठकमा स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने र अघिल्लो सरकारको निरंकुशताविरुद्ध बनेको गठबन्धन जनमत लिने विषयमा आवश्यक नभएको विषयमा पनि बहस भएको बताएका हुन् ।

‘गठबन्धन अघिल्लो सरकारको अधिनायकवादी, निरंकुश र प्रतिगमनकारी षड्यन्त्रविरुद्ध बनेको हो, निर्वाचनमा जनमत लिनका लागि होइन, यो गठबन्धन स्थानीय तहमा कायम हुनुहुँदैन, गठबन्धन रहे कांग्रेसलाई क्षति पुग्ने उनको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here