श्रीलङ्काद्वारा विद्युतीय, मेकानिकल उद्योगहरूलाई प्राथमिकता


December 24, 2024 मा प्रकाशित

एजेन्सी । श्रीलङ्काको औद्योगिक विकास बोर्ड आईडीबीले भविष्यमा नयाँ उद्योगहरूको लागि जग्गा आवंटन गर्दा विद्युतीय, इलेक्ट्रोनिक र मेकानिकल क्षेत्रहरूलाई प्राथमिकता दिने योजना बनाएको आइडीबीका अध्यक्ष रवि निसान्काले बताएका छन।

उनले भने,“आईडीबीले भर्खरै सुरु गरेको पहलमार्फत व्यापार प्रस्तावहरू सङ्कलन गरिरहेको छ । बोर्डले सबैभन्दा आशाजनक प्रस्तावहरूलाई जग्गा बाँडफाँट गर्ने कार्ययोजना विकास गर्न चाहन्छ।”

विद्युतीय, इलेक्ट्रोनिक र मेकानिकल क्षेत्रका आयोजनालाई प्राथमिकता दिइने भएकाले यी उद्योगहरू छिट्टै सञ्चालनमा ल्याई देशलाई तत्काल आर्थिक लाभ हुने अपेक्षा गरिएको उनले थपे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here