सन्तोष आचार्य बने लायन्स क्लब अफ मेचीनगरको अध्यक्ष


June 30, 2021 मा प्रकाशित


मेचीनगर, १६ असार ।। लायन्स क्लब अफ मेचीनगरको एक वर्षे कार्यकालका लागि सन्तोष आचार्यले जिम्मेवारी प्राप्त गर्नु भएको छ । लायन्स क्लब अफ मेचीनगरको आज सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष शंकर थापाले आचार्यलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।

संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको हुन्छ । उपाध्यक्ष पदको रोलक्रम अनुसार आगामी नेतृत्व चयन हुँदै जाने परम्परा भएको निवर्तमान अध्यक्ष शंकर थापाले बताउनु भयो । यसरी नयाँ कार्यसमितिमा तीन जना उपाध्यक्ष सहित २६ सदस्यीय समिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा मोहन मैनाली, द्वितीय उपाध्यक्षमा गंगालाल गुरुङ र तृतीय उपाध्यक्षमा रोशन प्रधानले जिम्मेवारी प्राप्त गर्नु भएको छ । त्यसै गरी सचिवको जिम्मेवारीमा नवराज प्रधान हुनु हुन्छ भने कोषाध्यक्षमा प्रविण थापा चयन हुनु भएको छ ।

क्लबको अन्तराष्ट्रिय अभ्यास अनुसार जुन एक तारिखका दिनबाट नयाँ समितिको कार्यकाल सुरु हुने परम्परा रहेको सचिव नवराज प्रधानले बताउनु भयो ।
सन् २०१९ जुन १ तारिखबाट मेचीनगरमा सुरु भएको लायन्स क्लबको नेतृत्व शंकर थापाले गर्नु भएको थियो । थापाको अध्यक्षतामा आयोजित प्रजेन्टेसन कार्यक्रममा लायन्स क्लब अफ विर्तामोडका पूर्व अध्यक्ष निरज ओलीले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here