दमक– जंगली हात्तीको आक्रमणबाट झापाको दमक नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ३ रणध्वज चोक निवासी ६३ बर्षीय गणेशप्रसाद अधिकारी छन् ।
अधिकारीलाई मंगलबार राति सवा ९ बजे हात्तीले आक्रमण गरेको थियो । कुलोमा पानी लगाउन गएका अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको सुडले लछारपछार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।