माघ १ देखि ‘सुत्केरी पोषण’ कार्यक्रम


January 14, 2022 मा प्रकाशित

मेचीनगर, पुस ३० । नेकपा माओवादी केन्द्र मेचीनगर नगर कमिटीले जनताको घरदैलोमा पुग्न तीन वटा जनमुखी अभियान सञ्चालन गर्ने भएको छ । नगर कमिटीले माघ १ गतेदेखि जनताको घरदैलोमा पुग्न सुत्केरी पोषण कार्यक्रम, कृषि कार्यक्रम र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको हो । माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पार्टीले विगतमा उठाएका समाजवादलगायत एजेण्डा जनतामाझ पु¥याउन अभियान सञ्चालन गर्न लागेको बताए ।

सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगरका वडा नंं ७ र १४ मा लागू गरिने भएको छ । यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक किलो घ्यू, आधा किलो हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर १०० सहयोग गरिने अध्यक्ष चिमरियाले बताए । नगर कमिटीले स्वास्थ्य बिमा कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बिमा गराइसकिएको र आगामी वैशाखभित्र थप ६० परिवारलाई बिमा कार्यक्रममा जोडिने भएको छ ।

“मेचीनगरभित्रका गरिब परिवारको पहिचान गरेर निःशुल्क स्वास्थ्य बिमा गरिदिन्छौँ”, उनले भने, “सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा अभियानमा सहयोग पुग्नुका साथै विपन्न परिवारलाई समेत यसले राहत मिल्नेछ ।”

माओवादी केन्द्र नगर कमिटीले श्रमलाई महत्व दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई रोजगारीमा सामेल गराउने उद्देश्य पनि राखेको छ । पार्टीले कार्यकर्तालाई कृषि क्षेत्रमा जोड्दै व्यवसायमुखी बनाउन लागेको हो । त्यसका लागि पाँच बिघा जमिन भाडामा लिएर सामूहिक कृषिखेती गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here