भारतीय प्रधानमन्त्री मोदीबारे पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिपछि दुई देशबीच ‘वाकयुद्ध’


December 18, 2022 मा प्रकाशित


एजेन्सी । भारत र पाकिस्तानबीच एक अर्काविरुद्ध अभिव्यक्ति दिने सिलसिला चलिरहेको छ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दिएको एउटा अभिव्यक्तिपछि उक्त सिलसिला सुरु भएको हो।

भुट्टोले शुक्रवार भनेका थिए, “ओसमा बिन लादेन मरिसके तर ‘बुचर अफ गुजरात’ अर्थात् ‘गुजरातका नरसंहारकर्ता’ अझै जिउँदै छन्। उनी भारतका प्रधानमन्त्री छन्।”

“जबसम्म उनी प्रधानमन्त्री बनेका थिएनन्, उनलाई अमेरिका जानका लागि प्रतिबन्ध लागेको थियो।”

भुट्टोको उक्त अभिव्यक्तिलाई लिएर भारतमा व्यापक विरोध भइरहेको छ।

भुट्टोको उक्त अभिव्यक्तिपछि भारतको विदेश मन्त्रालयका प्रवक्ता अरविन्द बागचीले एउटा वक्तव्य जारी गर्दै त्यसप्रति विरोध जनाएका थिए।

उनले उक्त वक्तव्यमा भनेका छन्, “पाकिस्तानका हिसाबले पनि यो अभिव्यक्ति निकै निम्नस्तरको छ। पाकिस्तानमा अल्पसङ्ख्यकप्रति गरिने व्यवहारमा खासै परिवर्तन आएको छैन। उसलाई भारतमाथि आरोप लगाउने कुनै हक छैन।”

ुुआतङ्कवादका लागि वित्तीय सहायता गर्ने, आश्रय दिने तथा उनीहरूलाई प्रायोजन गर्ने कार्यमा पाकिस्तानको भूमिका सधैँ चर्चामा रहँदै आएको छ। पाकिस्तानी विदेशमन्त्रीको असभ्य अभिव्यक्ति उक्त देशले आतङ्कवादलाई एउटा प्रोक्सीका रूपमा प्रयोग गर्ने कार्यको विफलताको परिणाम हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here