काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भएको छ । काठमाडौं जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको हो । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको हो ।
रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका थिए । रास्वपाका कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका हुन् ।