
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन्। राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए।
सरकारमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) प्रति लक्ष्य गर्दै मेयर शाहले खोला तथा खुलामञ्चका जग्गा बाँड्न अध्यादेश ल्याएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘अब खोला मात्रै हैन, टुँडिखेल खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई।’