अभियन्ता आशिका तामाङ पक्राउ


January 15, 2025 मा प्रकाशित

काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई आज बुधबार दिउँसो उनलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको छ ।

यसअघि सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिला तामाङलाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो ।

नगरपालिकाले आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here